लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीहरूका लागि लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २४ गते २४औँ वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ। सभा काठमाडौँको अग्रवाल भवन, कमलपोखरी मा बिहान ११ बजे बस्नेछ।
सञ्चालक समितिले बैंकको हालको चुक्ता पूँजीमा आधारित ५ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ।
साधारण सभामा अन्य महत्वपूर्ण एजेन्डा समेत प्रस्तुत गरिनेछ, जस्तै:
बैंकले पुस १७ गते बुक क्लोज मिति तोकेको छ। यस आधारमा पुस १६ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस