Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९% ले बढ्दा ईपीएसमा २.५४ रुपैयाँको सुधार

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ०९ : ३५ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९% ले बढ्दा ईपीएसमा २.५४ रुपैयाँको सुधार

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुफ नाफा

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असार सम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी

असार मसान्त सम्म बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी दुबै बढेको असर बैंकको नाफामा देखिएको हो। बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले र  खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेको छ। बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ५९ करोड छ जुन गत वर्ष ५ अर्ब ६८ करोड रहेको थियो।  तेस्तै असार सम्म बैंकको खुद फि तथा कमिशन आम्दानी १ अर्ब ९१ करोड देखिएको छ। बैंकको मर्जरका कारण रिपोर्ट बढेको हो। तेस्कै प्रभाव सोरुप बैंकको  कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशतले बढेको छ।

प्रति सेयर आम्दानी
१३ रुपैयाँ ९ पैसा ( २ रुपैयाँ ५४ पैसा बढयो )

प्रति सेयर नेटवर्थ
१७५ रुपैयाँ ८० पैसा

मूल्य आम्दानी अनुपात
१३.३७ गुणा

वितरणयोग्य मुनाफा
१ अर्ब २८ करोड रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
५ रुपैयाँ ५५ पैसा

चुक्ता पूँजी
२३ अर्ब १८ करोड रुपैयाँ  

जगेडा कोष
१७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको