Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम​​​

अर्थ संसार

बुधबार, २५ पुस २०८०, ०९ : ०६ मा प्रकाशित

एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम​​​

एनएमबि बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआइडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

लघु, साना तथा मझौला उद्यमहरु वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

कार्यक्रममा उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको भूमिका र व्यवसायमा त्यसको प्रयोगबारे जानकारी दिइएको थियो। साथै, डिजिटल भुक्तानीलाई दिगो बनाइराख्न उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे पनि जानकारी दिइएको थियो।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू छलफलमा सहभागी थिए।

659e0d86168b4.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको