Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २६ पुस २०८०, ०९ : २० मा प्रकाशित

सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस २६ गते ) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस २७ शुक्रबार कारोबार नहुने, पुस २८ शनिबार भएकोले आज सम्म कायम सेयरधनीहरु=कम्पनीले मात्र घोषणा गरेको लाभांश पाउने छन्। 

कम्पनीको सातौँ वार्षिक साधारणसभा माघ १४ गते काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे बोलाइएको छ।  सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश छन्।

सभाले बोनस सेयरपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत प्रस्ताव पनि रहेको छ। 

तेस्तै सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको