सिटिजन लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक नतिजा: नाफा, बीमाशुल्क र जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।
सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा १२ करोड ३६ हजार रुपैयाँ नाफा रहेको थियो। यो तुलनामा कम्पनीको नाफा ८६.७८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँभन्दा २३.६३ प्रतिशत बढी हो।
कम्पनीले पुनर्बीमा खर्चका रूपमा २० करोड १९ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा खर्चिएको १६ करोड ४७ लाख रुपैयाँभन्दा बढी हो।
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम २ अर्ब ५७ करोड २१ लाख रुपैयाँ मात्र थियो। यो तुलनामा २३.६९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
कम्पनीको जीवन बीमा कोष पनि उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कोष १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ अर्ब ९७ करोड ८ लाख रुपैयाँभन्दा ४०.७७ प्रतिशतले बढी हो।
कम्पनीको सेयर पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटी ६३ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रिटेन्ड अर्निङ ६३ करोड २४ लाख रुपैयाँ तथा अन्य इक्विटी ६७ करोड ५९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको महाविपत्ति कोष पनि मजबुत बनेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म महाविपत्ति कोषमा १९ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ, जुन अघिल्लो वर्षको १६ करोड ९७ लाख रुपैयाँभन्दा बढी हो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ११ रुपैयाँ ७३ पैसा मात्र कायम भएको छ, जुन जीवन बीमा क्षेत्रका लागि निकै न्यून हो। साथै, कम्पनीको पीई रेसियो ५९.२४ गुणा रहेको छ, जुन अत्यधिक उच्च मानिन्छ। उच्च पीई रेसियोले कम्पनीको सेयर महँगो भएको संकेत गर्छ, तर अपेक्षाकृत कम प्रतिशेयर आम्दानीले लगानीकर्तामा शंका उत्पन्न गर्न सक्छ। यदि कम्पनीले दीर्घकालीन रूपमा सेयरधनीको विश्वास जित्न चाहन्छ भने यस क्षेत्रमा सुधार आवश्यक देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस