Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपालले म्युचुअल फन्डलाई छुट्ट्याएको तीन लाख बढी कित्ता सेयरको लकइन खुल्दै

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १२ : ५६ मा प्रकाशित

रिलायबल नेपालले म्युचुअल फन्डलाई छुट्ट्याएको तीन लाख बढी कित्ता सेयरको लकइन खुल्दै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्न लागेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको तीन लाख ११ हजार एक सय ४१ कित्ता सेयरको लकइन समय यही माघ मसान्तमा सकिने जनाएको हो । कम्पनीले ६ लाख कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । 

मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो । सोही परिमाणको सेयरको लकइन अब खुल्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको