Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुरमा ज्योति विकास बैंकको सेवा सुरु

बुधबार, २९ कार्तिक २०७४, २१ : ०५ मा प्रकाशित

भरतपुरमा ज्योति विकास बैंकको सेवा सुरु

अर्थ संसार, भरतपुर– ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय आज एक समारोहका बीच पारस बसपर्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोवार संचालनमा ल्याएको छ ।

औपचारिक रुपमा स्थानान्तरणको शुभारम्भ विकास बैंकका संचलक छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त बैंकले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा  २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको थियो ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको