Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ तोलामै १२ सयले घट्यो

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १० : ४५ मा प्रकाशित

सुनको भाउ तोलामै १२ सयले घट्यो

बुधबार सुनचाँदीको भाउमा उल्लेख्य गिरावट भएको छ । आज सुन प्रति तोला १२ सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले केही समय अघि प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको