Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण, लगानीकर्ता भन्छन् दोस्रो बजारमा आउँदासम्म घाटा लागिसक्छ

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १३ : ५१ मा प्रकाशित

एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण, लगानीकर्ता भन्छन् दोस्रो बजारमा आउँदासम्म घाटा लागिसक्छ

एनआइएमबि एस क्यापिटलले जारी गरेको बन्दमुखी म्युचुअल फन्ड योजना एनआइबिएल स्टेबल फन्डमा लगानीकर्ताको न्यून आकर्षण देखिएको छ ।

प्राथमिक लगानी गर्नुभन्दा दोस्रो बजारमा नै न्यून मूल्यमा पाइने भएपछि उक्त सामूहिक लगानी कोष योजनामा निकै कम आवेदन परेको हो । योजनाले माघ २ गते मङ्गलबारदेखि १० रुपैयाँ मूल्यका १० करोड इकाई बिक्री खुला गरेको थियो । तर पछिल्लो तथ्यांक अनुसार हालसम्म १५ प्रतिशतभन्दा कम अर्थात एक करोड ४८ लाख २४ हजार चार सय ३० इकाईका लागि मात्रै आवेदन परेको छ ।

११ हजार ६ सय ६० जनाले उक्त इकाईका लागि आवेदन माग गरेका हुन् । योजनाले १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि तथा १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । त्यसबाहेक बाकिँ ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । योजनामा छिटोमा माघ ५ तथा ढिलोमा माघ १६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

केही समय अघि आवेदन खुलाइएको हिमालय ८०-२० म्युचुअल फन्डको दोस्रो बजारमा कारोबारमा आएको केही समयमै १० प्रतिशतले घटेको थियो । नबुझेरै म्युचुअल फन्डमा लगानी गर्ने र प्रतिफल प्राप्त हुन लामो समय लाग्ने बुझेपछि लगानीकर्ताले सस्तै मूल्यमा समेत दोस्रो बजारमा बेचिदिने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको