Like us!
Follow us!
Connect us!
Watch us!

माघ लागेपछि तोलामा दुई हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, १३ : ०१ मा प्रकाशित

माघ लागेपछि तोलामा दुई हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदीको भाउमा उल्लेख्य गिरावट भएको छ । आज सुन प्रति तोला सात सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १६ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । माघ लागेसँगै सुनको भाउमा दुई हजार रुपैयाँको गिरावट भइसकेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको