Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा एनआइएमबि एस क्यापिटलका म्युचुअल फन्ड फेस भ्यालुभन्दा सस्ता, एकै व्यवस्थापक हुँदा नयाँमा के फरक होला ?

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, १३ : ०९ मा प्रकाशित

दोस्रो बजारमा एनआइएमबि एस क्यापिटलका म्युचुअल फन्ड फेस भ्यालुभन्दा सस्ता, एकै व्यवस्थापक हुँदा नयाँमा के फरक होला ?

एनआइएमबि एस क्यापिटलले हाल जारी गरेको बन्दमुखी म्युचुअल फन्ड योजना एनआइबिएल स्टेबल फन्डबाहेक अन्य तीन बन्दमुखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरिरहेको छ ।

एनआइबिएल ग्रोथ फन्ड, एनआइबिएल समृद्धि फन्ड-२ र मेगा म्युचुअल फन्ड-१ उक्त क्यापिटलले सञ्चालन गरिरहेका फन्डहरु रहेका छन् । क्यापिटलले नयाँ योजनाका लागि लगानीकर्तासँग आवेदन माग गरिरहे पनि हाल सञ्चालन भइरहेकै योजनाहरुको बजार मूल्य भने फेस भ्यालु १० रुपैयाँ भन्दा कम रहेको छ ।

हिजोको अन्तिम मूल्य हेर्ने हो भने एनआइबिएल ग्रोथ फन्ड प्रति इकाई ८ रुपैयाँ १४ पैसामा कारोबार भएको थियो । यसैगरी एनआइबिएल समृद्धि फन्ड-२ को दोस्रो बजारमा प्रति इकाई ७ रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो भने मेगा म्युचुअल फन्ड-१ हिजो प्रति इकाई ७ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।

साविकका योजना दोस्रो बजारमा नै न्यून मूल्यमा पाइरहँदा लगानीकर्ताले नयाँ योजनामा पैसा हाल्न खासै तत्परता देखाएका पनि छैनन् । एकै व्यवस्थापकको व्यवस्थापन रहेका अन्य योजनाले खासै राम्रो प्रदर्शन नगर्दा नयाँ योजनामा के फरक होला भन्ने लगानीकर्तामा संशय रहेको बुझ्न सकिन्छ । पछिल्लो अपडेट अनुसार क्यापिटलको नयाँ योजना एनआइबिएल स्टेबल फन्डमा हालसम्म १८ हजार ३ जनाले दुई करोड १४ लाख ४४ हजार एक सय १० इकाईका लागि आवेदन दिएका छन् ।

योजनाले माघ २ गते मङ्गलबारदेखि १० रुपैयाँ मूल्यका १० करोड इकाई बिक्री खुला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको