राजस्व अनुसन्धान विभागले काठमाडौं क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा छापा मारेको छ ।
सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा अग्रवालको घरमा छापा मारिएको जनाइएको छ । उनको घरबाट दुई करोड नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको छ ।
कपडा व्यवसाय गर्दै आएका अग्रवालसहित उनका अन्य दुई सहयोगीलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस