Like us!
Follow us!
Connect us!
Watch us!

कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्गको प्रयोग, उपभोग नगर्न खाद्य विभागको सूचना

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १२ : ०७ मा प्रकाशित

कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्गको प्रयोग, उपभोग नगर्न खाद्य विभागको सूचना

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै कटन क्याण्डी उपभोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

काठमाडौँका विभिन्न स्थानहरूका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्ग रोडामाइन बीको प्रयोग भएको पाइएको हुँदा त्यस्ता क्याण्डी उपभोग नगर्न विभागले सूचना जारी गरेको हो । 

विभागको प्रयोगशाला जाँच विश्लेषणमा रोडामाइन बी भेटिएको हुँदा विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिन विभागले अनुरोध गरेको छ ।

विभागले त्यस प्रकारको अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि सबैमा सूचित गरेको छ । सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइए खाद्य ऐन नियम बमोजिम कारबाही हुने पनि विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको