Like us!
Follow us!
Connect us!
Watch us!

एडगुरु निर्मलराज पौडेलको “छम्म नाचौँ, छप्प नाचौँ” सार्वजनिक

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, २१ : ०४ मा प्रकाशित

एडगुरु निर्मलराज पौडेलको “छम्म नाचौँ, छप्प नाचौँ” सार्वजनिक

विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको संगीत छ । 

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ ।

भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन छ ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’ मा अभिनय गरेका छन् ।

गायक पौडेलले अन्य गायकगायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौं छप्प नाचौं’ सार्वजनिक गरिएको बताए । ‘कहिँ कतै पार्टीतिर नाँच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाँच्ने खालका मौलिक गीत नै छैनन्’,गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि जिंगल लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको