Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमा सकारात्मक सर्किट, लकइन खुलेपनि सप्लाई देखिएन

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १५ : ०३ मा प्रकाशित

चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमा सकारात्मक सर्किट, लकइन खुलेपनि सप्लाई देखिएन

माघ ८ गते सोमबार लकइन पिरियड सकिएर मङ्गलबार कारोबारमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमा स्थानीय तथा संस्थापक सेयरको सप्लाई बाबजुद सकारात्मक सर्किट लागेको छ ।

होटल समूह अन्तर्गत सुचिकृत भएको यस कम्पनीको दोस्रो बजारमा १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत रहेका छन् । जस मध्य यस अगाडि केबल १२ प्रतिशतले  १८ लाख ४० हजार ९०९ कित्ता मात्रै नेप्सेमा किनबेच हुँदै आएको थियो । बजारमा थप कित्ता पनि कारोबारमा आउने अपेक्षा गरिएपनि केवल साढे ५३ हजार कित्ताको कारोबार भएको छ ।

योजना प्रभावित स्थानीयका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर आरक्षण गरि बिक्री गर्ने गरिएको छ । उक्त सेयर बाँडफाँड भएको मितिले तीन वर्ष नपुगेसम्म सेयर किनबेच गर्न नपाउने नियम रहेको छ । कम्पनीको सेयर हाल प्रतिकित्ता ९४९.३ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको