Like us!
Follow us!
Connect us!
Watch us!

ओस्करको मनोनयन सार्वजनिक, यी हुन् सर्वोत्कृष्ट चलचित्रका लागि परेका मनोनयनहरु

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, २० : ४४ मा प्रकाशित

ओस्करको मनोनयन सार्वजनिक, यी हुन् सर्वोत्कृष्ट चलचित्रका लागि परेका मनोनयनहरु

ओस्कर अवार्डको मनोनयन सूची आज सार्वजनिक गरिएको छ ।

एकेडेमी अवार्ड पनि भनि ओस्करको उत्कृष्ट चलचित्रको मनोनयनमा यसपटक १० चलचित्र परेका छन् । बेस्ट पिक्चरको मनोनयनमा परेका चलचित्रहरुमा ओपेनहाइमर, अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, बार्बी, दी होल्डओभर्स, किलर्स अफ दी फ्लावर मुन, माएस्त्रो, पास्ट लाइभ्स र पोर थिङ्स परेका छन् ।

यसैगरी उत्कृष्ट अभिनेतामा माएस्त्रोका ब्राड्ले कुपर, रस्टिनबाट कोल्म्यान डोमिङ्गो, दी होल्डओभर्सबाट पल जियामाटी, ओपेनहाइमरबाट किलियन मर्फी र अमेरिकन फिक्सनबाट जेफ्री राइट मनोनित भएका छन् । यसैगरी उत्कृष्ट अभिनेत्रीमा न्याडबाट एन्नेट बेनिङ्ग, किलर्स अफ दी फ्लावर मुनबाट लिली ग्लाडस्टोन, एनाटोमी अफ अ फलबाट सान्डा हुलर, माएस्त्रोबाट क्यारी मुलिगन र पोर थिङ्सबाट एम्मा स्टोन मनोनित भएका छन् ।

उत्कृष्ट निर्देशकमा किलर्स अफ दी फ्लावर मुनका लागि मार्टिन स्कोर्सेसी, ओपेनहाइमरका लागि क्रिस्टोफर नोलन, एनाटोमी अफ अ फलका लागि जस्टिन ट्राएट, पोर थिङ्सका लागि योर्गोस लान्थिमोस र दी जोन अफ इन्ट्रेस्टका लागि जोनाथन ग्लेजर मनोनित भएका छन् । उत्कृष्ट विदेशी फिचर फिल्ममा जर्मनीको दी टिचर्स लाउञ्ज, इटालीको लो क्यापितानो, जापानको पर्फेक्ट डेज, स्पेनको सोसाइटी अफ दी स्नो र बेलायतको दी जोन अफ इन्ट्रेस्ट मनोनयनमा परेका छन् ।

ओस्करको विजेता घोषणा मार्च १० मा हुनेछ भने २२ विभिन्न विधामा अवार्ड विजेता घोषणा हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको