Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ चार दिनदेखि स्थिर, चाँदी भने महङ्गियो

अर्थ संसार

बुधबार, १० माघ २०८०, १० : ४९ मा प्रकाशित

सुनको भाउ चार दिनदेखि स्थिर, चाँदी भने महङ्गियो

बुधबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोला १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ विगत चार दिनदेखि स्थिर रहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको