Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता

अर्थ संसार

शनिबार, १३ माघ २०८०, ०९ : ०७ मा प्रकाशित

ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता

द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो ।

सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रुप दिएका हुन् । सहकार्यसँगै टीबीसीका विद्यार्थीहरुले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन् । यो साझेदारीसँगै टीबीसीको विद्यार्थीहरुको लागि यो एउटा सुवर्ण मौका बनेको छ, जसअन्तर्गत विद्यार्थीहरुले दोस्रो वर्षदेखि सेनेकामा ‘क्रेडिट ट्रान्सफर’को सुविधा प्राप्त गर्नेछन् ।

औपचारिक रुपमा सहकार्यको सम्झौता भएपछि उत्साह प्रकट गर्दै ब्रिटिस कलेजका सीईओ कँडेलले भने, ‘विद्यार्थीहरुलाई विश्वस्तरिय शिक्षा र विश्वव्यापी अवसरहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग यो सहकार्य पूर्ण रुपमा मेल खाएको छ । उत्कृष्टता र नवीनताको लागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीको लागि यो एउटा ऐतिहासिक साझेदारी हो ।’

सेनेका कलेज विविध र समावेशी सिकाई वातावरणको लागि विश्वभरी प्रख्यात छ । अन्र्तराष्ट्रिय सम्बन्धहरुलाई विस्तार गर्न र टीबीसीका विद्यार्थीहरुलाई विश्वव्यापी सफलताको मार्ग प्रशस्त गर्नको लागि सहकार्य महत्वपूर्ण छ । यस्तै, सम्झौताले विद्यार्थीहरुलाई क्यानडाको जीवन्त संस्कृति र विश्वस्तरिय शिक्षा प्रणालीको लागि एक्पोजर प्रदान गर्नुको साथै दुई संस्थाहरुबीचको सम्बन्धलाई बलियो बनाउने र सांस्कृतिक आदान–प्रदानसँगै अनुसन्धान तथा विकासलाई समेत बढावा दिने कलेजले विश्वास लिएको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको