Like us!
Follow us!
Connect us!
Watch us!

पुवा खोला-१ हाइड्रोपावरको आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १७ : १७ मा प्रकाशित

पुवा खोला-१ हाइड्रोपावरको आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

पुवा खोला-१ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा पुवा खोला-१ हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

पुवा खोला-१ हाइड्रोपावर लिमिटेडले इलाम जिल्लामा ४ मेगावाट क्षमताको आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको