Like us!
Follow us!
Connect us!
Watch us!

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १७ : २५ मा प्रकाशित

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता एक सय अंकित मुल्य दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । 

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । माघ १० गतेका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सुपर खुदी हाइड्रोपावर लिमिटेडको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

लमजुङ्ग जिल्लाको मर्स्याङ्दी गाउँपालिका-२ खुदीमा रहेको निर्माणाधीन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी २०७८ साल वैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको