Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १८ : १९ मा प्रकाशित

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सि.आरटी. र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । 

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको प्रतिष्ठित संस्था मिलियन डलर राउन्ड टेबलका लागि योग्य भएका अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । उनले कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने पनि बताए  ।

समारोहमा चर्चित कलाकार मनोज गजुरेलले मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती दिएका थिए । सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारीबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको