बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।
चौधरीलाई केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यको टोलीले उनलाई नियन्त्रणमा लिएर आफ्नो कार्यालय लगेको जनाइएको छ । उनी हङ्गेरीका लागि नेपालको अवैतनिक महावाणिज्यदूत समेत रहिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस