Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायी अरुणकुमार चौधरीलाई पक्राउको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण

अर्थ संसार

विहीबार, १८ माघ २०८०, १९ : ५० मा प्रकाशित

व्यवसायी अरुणकुमार चौधरीलाई पक्राउको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भनेको छ। 

महासंघले भनेको छ ,'पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ ।'

महासंघले अबको केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको