Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनचाँदीको भाउमा गिरावट

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १० : ४९ मा प्रकाशित

आइतबार सुनचाँदीको भाउमा गिरावट

अघिल्लो साता लगातार बढेको सुनको भाउ यो साता भने पहिलो दिनमै ओरालो लागेको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज सुन प्रति तोला ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ २० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता लगातार पाँच दिनसम्म बढेको सुनको भाउ प्रति तोला १५ सय रुपैयाँले महङ्गिएको थियो ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको