Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको भाउमा गिरावट

अर्थ संसार

सोमबार, २२ माघ २०८०, ११ : २४ मा प्रकाशित

सोमबार सुनचाँदीको भाउमा गिरावट

सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता लगातार बढेको सुनको भाउ यो साता भने दुई दिनमै प्रति तोला एक हजारले घटेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको