Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनमै प्रतितोला १५ सयले घट्यो सुनको भाउ

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, ११ : ४९ मा प्रकाशित

तीन दिनमै प्रतितोला १५ सयले घट्यो सुनको भाउ

मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता लगातार बढेको सुनको भाउ यो साता भने तीन दिनमै प्रति तोला १५ सय रुपैयाँले घटिसकेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको