Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता डुबाउने खेल : अन्तिम सेकेन्डको ३५० कित्ते कारोबारका कारण एकै पटक ११.६६% ले झर्यो कम्पनीको मूल्य

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १६ : ४८ मा प्रकाशित

लगानीकर्ता डुबाउने खेल : अन्तिम सेकेन्डको ३५० कित्ते कारोबारका कारण एकै पटक ११.६६% ले झर्यो कम्पनीको मूल्य

सेयरको भाउ तल माथि हुनु सामान्य प्रक्रिया हो।  माग र आपूर्तिको यस खेलमा कहिले कहिँ अशोभाविक खेल खेलिन्छ।  त्यो पनि अन्तिम सेकेण्डमा। 

आज पिपुल्स पावर लिमिटेडको सेयरमा पनि भयो तेस्तै। एक ३५० कित्ते कारोबारले सर्वसाधारणको दोस्रो बजार मार्फत कम्पनीमा गरेको करौडौं लगानी डुब्न खतरा देखिएको छ। 

सामान्य रुपमा आज कम्पनीमा भयो के ?

आज पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ३७७.२० मा बन्द भयो। अघिल्लो कारोबार दिनको मूल्यमा ३.०१ % ले मूल्य घटेको हो। अघिल्लो कारोबार दिनको मुल्य ३८८.९० रुपैंया रहेको थियो। 

हेर्दा सामान्य लाग्छ तर आज यस कम्पनीमा आज लगानीकर्ताको लगानीलाई बालुवा हाल्ने डरलाग्दो प्रयास भएको छ। 

जसको लागि आज यस कम्पनीको फ्लोर सिट हेर्नुपर्ने हुन्छ। आज कारोबार सुरुवात देखि नै यस कम्पनीको सेयरमा लगानीकर्ताको माग देखिन्छ। जसका कारण कम्पनीको कारोबार ३९० रुपैंयाको मूल्य देखि बढेर कारोबार हुदैँ अन्तिम भन्दा अघिल्लो कारोबार हुँदा सम्म ४२७ रुपैंया पुगेको थियो। 

अर्थात अघिल्लो दिनको मुल्यको तुलना कम्पनीको सेयरको मूल्य ३८.१ रुपैंयाले ९.७९ % प्रतिशतले बढिसकेको थियो। 

अन्तिम कारोबारमा शंका 

९.७९ % प्रतिशतले बढिसकेको कम्पनीको मूल्य एकैपटक एउटा ३५० कित्ते अन्तिम कारोबारले घटेको देखिन्छ। अन्तिम कारोबारले कम्पनी सेयर मूल्य एकैपटक ११.६६ % ले घटेको देखिन्छ। अन्तिम भन्दा अगाडिको कारोबार ४२७ रुपैंयामा भएको देखिन्छ। त्यसपछिको कारोबार भने शंकास्पद नै देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको