पिपुल्स पावर लिमिटेडले आज (असार २२ गते)देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको हो।
यस अनुसार, कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर, अर्थात् रु ३१ करोड ६३ लाख बराबरको सेयर बिक्रीमा ल्याएको हो। हकप्रद सेयरमा आवेदन दिनको लागि अन्तिम म्याद साउन ११ गते तोकिएको छ।
कम्पनीले हकप्रद निष्काशनका लागि असार २ गते बुक क्लोज गरेकोले असार १ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र यस हकप्रदमा आवेदन दिन योग्य छन्। नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
उक्त हकप्रद सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस