Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, २६ साउन २०८२, ०७ : ४२ मा प्रकाशित

पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति आज (साउन २६ गते, सोमबार) रहेको छ। कम्पनीले गत असार २२ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निष्काशन सुरु गरेको थियो। प्रारम्भिक रुपमा साउन ११ गतेसम्म आवेदन दिने समय तोकिएको भए पनि, सेयरधनीको मागअनुसार म्याद थप गरी आजसम्मको लागि खुला गरिएको हो।

कम्पनीले हाल कायम ६३ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत बराबर अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो। यस अन्तर्गत प्रतिकित्ता अंकित मूल्य रु. १०० का दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरिएको छ, जसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ बराबर हुन्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत, साथै CDSC को ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटल लिमिटेड (धितोपत्र बिक्री प्रबन्धक) तथा प्रभु बैंकका इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो हकप्रद सेयरका लागि कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र आवेदन दिन योग्य छन्। हकप्रद सेयर बिक्री सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको