पिपुल्स पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता सेयर अब लिलामीमार्फत सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।
लिलामी आवेदन यही भदौ १५ गतेदेखि खुल्नेछ। इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद प्रस्ताव पेश गर्न सक्नेछन्।
बोलपत्र आवेदन प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा दिन सकिनेछ। साथै, प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लिलामीमा सहभागिता जनाउन इच्छुक लगानीकर्ताले आगामी भदौ २२ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस