Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको सेयरमा: महाजात्रा कि गाईजात्रा ?

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १६ : ५३ मा प्रकाशित

पिपुल्स पावरको सेयरमा: महाजात्रा कि गाईजात्रा ?

पिपुल्स पावर कम्पनीको सेयर निरन्तर छोटो समयमा उकालो यात्रामा रहेको सेयर हो। बजारका खेलाडीहरु लागेको यस कम्पनीको मूल्य निरन्तर उचाल्ने खेल भइ नै रहयो। जुन आज बिहिबारको कारोबारमा पनि देखिन्छ। 

तर कम्पनीको बिहिबारको कारोबारमा अन्तिम सेकेण्डको १० कित्ताले कम्पनीको मूल्य ६१९ रुपैंयाबाट ५५३ मा झर्यो। र बिहिबार कम्पनीको ९.०५ प्रतिशत मूल्य झरेर बन्द भयो। 

पहिले नै धेरै बढिसकेको छ मूल्य 

अर्थसंसारले अघिल्लो साता नै पिपुल्स पावरको मूल्य बटमबाट ७३% बढ्यो, कर्नरिङ भएको त होइन ? भनेर एक लेख प्रकाशित गरिसकेको छ। 

अघिल्लो साताको अन्तिम कारोबार मूल्य र यस साताको अन्तिम कारोबार मूल्य हेर्ने हो भने यस साता कम्पनीको मूल्य बढेको नै देखिन्छ। यस साता कम्पनीको प्रति कित्ता ३३ रुपैंया बढेको नै देखिन्छ। 

कम्पनीको पछिल्लो अल टाइम हाई मूल्य ४२६ रुपैंया रहेकोमा अहिले त्यो पनि ब्रेक गर्दै ६०० माथि पुगेको सेयर हो पिपुल्स पावरको। 

बजार निरन्तर ओरालो लागेता पनि पिपुल्स पावरको मूल्य भने निरन्तर उकालो लागेको छ। 

कोशी प्रदेश, इलाम जिल्ला स्थित पुवा २ जलविद्युत आयोजना ४.९६ मे. व. बाट २०७९ मंसिर १२ देखि नियमित विद्युत उत्पादन तथा वितरण भईरहेको कम्पनी हो पिपुल्स।

औसतको प्रगति सेयरको मुल्य आधारभूतमा बढेको होइन 

कम्पनीलाई  आधारभूत रुपमा हेर्दा औसत मात्र प्रगति देखिन्छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । गत वर्षको तुलनामा यो केबल ३.९६ प्रतिशतले बढेको हो । 

गत वर्षको पुस महिना सम्म यस कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट बढेको कारण आम्दानी १ करोड ४० लाखबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको देखिन्छ । 

कम्पनीको जगेडा कोष १ करोड ९६ लाख रुपैयाँले ऋणात्मक छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा देखिन्छ भने प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ ४७ पैसा छ । 

कम्पनीको प्रगतिको कारण कम्पनीको मूल्य बढेको देखिदैन।

अन्तिममा भएको के थियो ?

जुन सिधा आँखाबाट देखिन्छ 

बिहिबार पिपुल्स पावरको अन्तिम कारोबारमा एक ब्रोकर मार्फत १० कित्ताको सेलिङ्गका कारण कम्पनीको सेयरको मूल्य ६१९ रुपैंयाबाट ५५३ माझरेको देखिन्छ।  अर्थात १० कित्ताले कम्पनीको एकै पटक ६६ रुपैंया झारेको देखिन्छ। 

अब कर्के आँखाबाट हेर्दा 

यस कम्पनीको सेयरमा अन्तिम समयमा मूल्य उचालन खोजेको देखिन्छ। बजारको फ्लोरसिट अनुसार फ्लोरमा रहेको थोरै केहि कित्ता खाएर कम्पनीलाई सर्किटमा बन्द गराउने प्रयास देखिन्छ , जुन असफल भयो । किनभने कम्पनीको मुल्य एकैपटक ५६६.४० बाट केहि कित्ता खाएर ६०० हुँदै ६१९ सम्म पुराएको देखिन्छ। 

अझ गहिरिएर हेर्दा 
पछिल्लो समय खेलाडीहरुले बजारमा अनेकै रणनीति लिने गरेका छन्।  केहि समय अगाडी कम्पनीको सेयरको मुल्य उचालेर सर्किट लगाएर माथि लगेर सेयर बेच्ने रणनीति लिने गरेका थिए। 

बजारमा लगानीकर्ता यस रणनीतिबारे जान्ने बुझें भएपछि खेलाडीहरुले फेरि नयाँ रणनीति लिन सुरु गरे जसमा कम्पनीको सेयर केहि दिन सर्किट लगाउने र कुनै दिन कम्पनीको नेगेटिभ सर्किटमा सेयर बेच्ने रणनीति लिन सुरु गरे। 

पछिल्लो समय खेलाडीले अन्तिममा सेयरको मूल्य बढाएको जस्तो गर्ने र अन्तिममा आफैले घटाएर लगानीकर्ताको दिमागमा खेल्ने र आफ्नो सेयर फाल्ने रणनीतिमा बजारमा लगानीकर्ता आकर्षित गर्ने पनि गरेका छन। 

तपाईलाई के लाग्छ ?पिपुल्स पावरको सेयरमा भएको के हो ? अब के होला ? सेयरको मुल्य बढ्ला कि घट्ला ? कमेन्ट गर्नुहोस। 

(खेलाडीको रणनीति बारे लेखिएको केबल लेखकको विचार हो , यसका  आधारमा सेयर किनबेच नगर्नुहोला)

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको