Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको पाइपलाइनमा थपिए स्वस्तिक लघुवित्त, कालिन्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १३ : २९ मा प्रकाशित

सेबोनको पाइपलाइनमा थपिए स्वस्तिक लघुवित्त, कालिन्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा स्वस्तिक लघुवित्त र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ थपिएका छन् ।

स्वस्तिक लघुवित्तले ८० हजार कित्ता प्राथमिक सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले माघ २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनी लघुवित्त सेक्टरको कम्पनी रहेको छ ।

यसैगरी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रिमियमसहित ८२०.८ रुपैयाँमा निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

यसैगरी कालिन्चोक हाइड्रोपावर कम्पनीले ७ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता एक सय रुपैयाँमा निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले माघ २२ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ । उक्त कम्पनी हाइड्रोपावर सेक्टरको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको