Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार दोहोरो अङ्कले बढ्यो, कारोबारमा भने गिरावट

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १५ : १० मा प्रकाशित

सेयरबजार दोहोरो अङ्कले बढ्यो, कारोबारमा भने गिरावट

सोमबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ भने कारोबार करिब ५० करोड रुपैयाँले घटेको छ । 

आइतबार १०.५ अङ्कले घटेको सेयरबजार आज भने १५.३३ अङ्कले बढेर २१०१.१६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार चार सय ७२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ रुपैयाँ पुगेको छ । आज बजार बढ्द कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, चिरख्वा हाइड्रो, बलेफी हाइड्रो र कुथेली बुखरी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा इमर्जिङ नेपाल र मिडसोलु हाइड्रो रहे । उक्त कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक सर्वाधिक २.२२ प्रतिशतले बढ्दा हाइड्रोपावर उपसूचक १.८३ र ननलाइफ इन्स्योरेन्स उपसूचक १.७० प्रतिशतले बढे । आज अन्य समूहको उपसूचक मात्रै ०.०५ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको