Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको मुख्य लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आइपिओ जारी गर्ने, एसबिआई मर्चेण्ट बिक्रि प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १९ : २२ मा प्रकाशित

अपि पावरको मुख्य लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आइपिओ जारी गर्ने, एसबिआई मर्चेण्ट बिक्रि प्रबन्धक नियुक्त

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ।  कम्पनीले सर्वसाधारण मार्फत रु. सयका दरले २० लाख  कित्ता मार्फत २० करोड रुपैयाँ  बराबरको साधारण सेयर जारी गर्ने भएको हो। 

कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यसको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेलले आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने हुन्।   

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड  नेपाल एस.वि.आई बैंक लि को एकल लगानीबाट सम्पन्न भएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत सेयरमा लगानी भएको छ । आयोजनामा फ्रल्वेल इनर्जे भारतको अत्याधुनिक इलेक्ट्रोमेकानिक समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाण्डौ ल्याइनेछ । 

यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पु-याएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको