Like us!
Follow us!
Connect us!
Watch us!

अर्धवार्षिक समिक्षा : बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असूलीमा सुधार आउने देखियो

अर्थ संसार

सोमबार, २९ माघ २०८०, २१ : ०७ मा प्रकाशित

अर्धवार्षिक समिक्षा : बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असूलीमा सुधार आउने देखियो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असूलीमा सुधार आउँदै जाने अनुमान गरेको छ। केन्द्रिय बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो अनुमान गरेको हो। 

राष्ट्र बैंकले बैंकहरुले कर्जा असुली गर्ने आधार ब्याजदर घट्दै जानु, पर्यटक आगमन बढ्नु र पुँजीगत खर्चमा समेत तीव्रता आउनुका कारण आर्थिक गतिविधिहरुमा सुधार भई रहेको कारण कर्जा असूलीमा समेत सुधार आउने अनुमान राखेको  छ ।

आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भै निष्कृय कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको