Like us!
Follow us!
Connect us!
Watch us!

३०.५६ अङ्कले घट्यो सेयरबजार, कारोबारमा भने वृद्धि

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, १५ : ०९ मा प्रकाशित

३०.५६ अङ्कले घट्यो सेयरबजार, कारोबारमा भने वृद्धि

मङ्गलबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार भने साढे चार अर्ब रुपैयाँ नाघेको छ । 

सोमबार १५.३३ अङ्कले बढेको सेयरबजार आज भने ३०.५६ अङ्कले घटेर २०७०.५९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त र सुपर माई हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा गुराँस लघुवित्त, कर्णाली रिजनल बैंक र सृजनशील लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत कै हाराहारीमा घट्यो ।

आज कुनै पनि उपसूचक बढ्न सकेन । आज विकास बैंक समूहको उपसूचक सर्वाधिक २.४० प्रतिशतले घट्दा अन्य समूहको उपसूचक २.२७ प्रतिशत र फाइनान्स उपसूचक २.२० प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको