Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक अब रामगोपालपुरमा

आइतबार, ०३ मंसिर २०७४, ११ : ३८ मा प्रकाशित

ज्योति विकास बैंक अब रामगोपालपुरमा

अर्थ  संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबारदेखि महोत्तर जिल्लाको रामगोपालपुरनगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर असोक कुमार मण्डल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो । उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गर्नृु भएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिकउत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा अध्यक्षले व्यक्तगर्नु भयो ।

कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदानगर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराउनु भयो । उक्तशाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हालविकास बैंकले ४६ वटा शाखाकार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहितएविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्धगर्दै आएको छ ।

हालसम्मविकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँनिक्षेप संकलनतथा १० अर्व ७० करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ ।

गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजीप पुग्नेछ ।

 

5a112b909dd05.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको