Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा सामान्य सुधार, फाइनान्स कम्पनीमा व्यापक हरियाली

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १५ : १२ मा प्रकाशित

सेयरबजारमा सामान्य सुधार, फाइनान्स कम्पनीमा व्यापक हरियाली

बुधबार सेयरबजारमा सामान्य अङ्कको सुधार आउँदा कारोबार भने सवा चार अर्ब रुपैयाँ बढीको भएको छ । 

मङ्गलबार ३०.५६ अङ्कले घटेको सेयरबजार आज भने ५.९१ अङ्कले बढेर २०७६.५० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, नेपाल फाइनान्स, पाँचथर पावर र जोशी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा दोर्दी हाइड्रो र पिपल्स पावर रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत कै हाराहारीमा घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.३८ प्रतिशत र अन्य समूहको परिसूचक १.०७ प्रतिशतले बढे । आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.२७ प्रतिशत र लगानी उपसूचक ०.१९ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको