Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे र सानिमा माई हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १६ : ५२ मा प्रकाशित

चिलिमे र सानिमा माई हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत

चिलिमे र सानिमा माई हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि चिलिमे हाइड्रोपावरले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ७२ लाख ५८ हजार १८० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० का लागि सानिमा माई हाइड्रोपावरले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ३० लाख ८९ हजार २५१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको