Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, ०९ : ५४ मा प्रकाशित

युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (फागुन ३) गते अन्तिम दिन रहेको छ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन ४ गते बुकक्लोज गर्दैछ। तसर्थ, आज फागुन ३ गते, बिहीबार सम्म कायम रहेका सेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त  गर्न सक्नेछन्। 

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे आफ्नो १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। 

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको