Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड मोदी हाइड्रोको हकप्रद: सिटिजन्स क्यापिटलसँग भयो यस्तो सम्झौता

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ०७ : १८ मा प्रकाशित

युनाईटेड मोदी हाइड्रोको हकप्रद: सिटिजन्स क्यापिटलसँग भयो  यस्तो सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रो पावर लिमिटेड बीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ। 

बुधबार एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच कमलादी, काठमाण्डौमा हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन गर्ने गरि युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए। 

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर साधारणसभाबाट पारित् भए पश्चात निष्काशन हुनेछ । 

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको