Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १६ : १२ मा प्रकाशित

लाभांश पारितसँगै युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न

युनाइटेड मोदी हाइड्रोपावरले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आज पुस २१ गते बुधबार भर्चुअल माध्यामबाट साधारण सभा सम्पन्न गरेको हो । 

सभाले लाभांश सहित विभिन्न प्रस्ताव सर्वसहमतिले पारित गरेको छ । कम्पनीले हाल कायम रहेको चुत्तापुँजीको ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सञ्चाक समितीको प्रस्ताव सर्वसहमतिले स्विकृत गरेको छ ।

त्यस्तै सभाले वार्षिक प्रतिवेदन ,लेखापरिक्षकको प्रतिवेदन,लेखापरिक्षक नियुत्त गर्ने,लगानीको अन्य क्षेत्र पहिचान गरि लगानी गर्नु परेमा सञ्चालक समितीलाई अख्तियारी दिने लगायत प्रस्तावमाथी छलफल गरी सर्वसहमतीले पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष नेरेन्द्र बल्लभ पन्तले यो बर्ष कोभिड लगायत विभिन्न कारणहरुले सेयरधनीहरुलाई धेरै मुनाफा दिन नसकिएको भन्दै आगामी बर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यत्त गर्नुभएको छ । कम्पनीको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष २५.३१ प्रतिशतले घटेको हो ।

कम्पनीले पर्बत जिल्ला कुश्मा नगरपालिका वडानं ८ स्थित तल्लो मोदि जलबिद्युत आयोजनाबाट १० मेगावाट बिद्युत उत्पादन गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको