Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको अक्सन सेयर नपर्नेहरुको रकम आइतबारदेखि खातामा आउने

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, ११ : ०६ मा प्रकाशित

घलेम्दी हाइड्रोको अक्सन सेयर नपर्नेहरुको रकम आइतबारदेखि खातामा आउने

घलेम्दी हाइड्रोको अवितरित हकप्रद सेयरको लिलामीमा आवेदन दिई सेयर नपरेकाहरुको रकम आइतबारदेखि खातामा फिर्ता आउने भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक सूचना जारी गर्दै बाँडफाँडमा नपरेको सेयर बापतको रकम फागुन ६ गतेदेखि आवेदकले आवेदन फारममा उल्लेख गरेको खातामै फिर्ता गरिने जानकारी दिएको हो । रकम जम्मा नभएको खण्डमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।

घलेम्दी हाइड्रोको ३२ लाख १७ हजार सात सय २४ कित्ता अवितरित हकप्रद सेयरहरुका लागि माघ ९ गतेदेखि माघ २३ गतेसम्म आवेदन माग गरिएको थियो । सोही अनुसार आवेदन दिनेहरुलाई उक्त सेयर लिलामीमार्फत बिक्री गरिएको हो । उक्त सेयरको कटअफ मूल्य १५१.३५ रुपैयाँ कायम भएको छ अर्थात उक्त मूल्यमा आवेदन दिनेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको