Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको पाइपलाइनमा थपिए हिम रिभर र प्योर इनर्जीको आइपिओ

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १२ : २४ मा प्रकाशित

सेबोनको पाइपलाइनमा थपिए हिम रिभर र प्योर इनर्जीको आइपिओ

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा हिम रिभर पावर र प्योर इनर्जीको आइपिओ थपिएका छन् ।

हिम रिभर पावरले १३ लाख ३० हजार कित्ता प्राथमिक सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले माघ २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी लघुवित्त सेक्टरको कम्पनी रहेको छ ।

यसैगरी प्योर इनर्जी लिमिटेडले पनि १६ लाख कित्ता सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले माघ २९ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनी अन्य सेक्टरको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको