Like us!
Follow us!
Connect us!
Watch us!

नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, एक सय ३२ रनमै समेटियो

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १२ : ३१ मा प्रकाशित

नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, एक सय ३२ रनमै समेटियो

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले नामिबियाविरुद्ध कमजोर ब्याटिङ गरेको छ । 

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नामिबियाले टस जितेर बलिङ गरेको थियो । बलिङको निर्णय सही सावित गर्दै नामिबियाले नेपाललाई ४१.१ ओभरमा १ सय ३२ रनमा सीमित राख्न सफल भयो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा गुल्सन झाले २१ र करन केसीले १६ रनको योगदान दिए । बलिङतर्फ नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५ विकेट चट्काउन सफल भए भने रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले दुई-दुई विकेट हासिल गरे ।

नामिबियाले अब केही क्षणमा जवाफी ब्याटिङ थाल्नेछ ।घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस शृङ्खला दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिदेशीय शृङ्खला हो । शृङ्खलामा टोलीहरुले एक अर्कासँग दुई पटक खेल्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको