Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लिग २ क्रिकेट : नेदरल्यान्डविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १३ : ०७ मा प्रकाशित

विश्वकप लिग २ क्रिकेट : नेदरल्यान्डविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले नेदरल्यान्डविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । 

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेदरल्यान्ड टस जितेर फिल्डिङ गरेको थियो । फिल्डिङको निर्णय सही सावित गर्दै नेदरल्यान्डले नेपाललाई ४९.३ ओभरमा १ सय ७२ रनमा सीमित राख्न सफल भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाउँदा करन केसीले २६ र आरिफ सेखले २२ रनको योगदान दिए । त्यसबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा नेपाल १७२ रनमा सीमित हुनपुग्यो ।

बलिङतर्फ नेदरल्यान्डका आर्यन दत्त र भिभियन किङ्ग्माले ३-३ विकेट चट्काउन सफल भए भने बास डि लिडले दुई विकेट हासिल गरे । एक सय ७३ रनको लक्ष्य पछयाउँदै नेदरल्यान्डले अब केही क्षणमा जवाफी ब्याटिङ थाल्नेछ । प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेका तीन वटै खेलमा नेपालले निकै फितलो ब्याटिङ प्रदर्शन गरेको छ ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस शृङ्खला दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिदेशीय शृङ्खला हो । शृङ्खलामा टोलीहरुले एक अर्कासँग दुई पटक खेल्नेछन् । नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोरेको थियो भने नेदरल्यान्डलाई ९ विकेटको फराकिलो हार चखाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको