Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लिग २ क्रिकेट : नामिबियाविरुद्ध दोस्रो खेलमा पनि नेपालको फितलो ब्याटिङ

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १२ : ०१ मा प्रकाशित

विश्वकप लिग २ क्रिकेट : नामिबियाविरुद्ध दोस्रो खेलमा पनि नेपालको फितलो ब्याटिङ

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले नामिबियाविरुद्ध फितलो ब्याटिङ प्रदर्शन गरेको छ । 

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नामिबियाले टस जितेर बलिङ गरेको थियो । बलिङको निर्णय सही सावित गर्दै नामिबियाले नेपाललाई ३७ ओभरमा १ सय ६८ रनमा सीमित राख्न सफल भयो । नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५८ रन बनाउँदा कुशल मल्लले ३६ र भीम सार्कीले २६ रनको योगदान दिए । त्यसबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा नेपाल १६८ रनमा सीमित हुनपुग्यो ।

बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जेन निकोल लफ्टी इटनले ४-४ विकेट चट्काउन सफल भए भने जेरार्ड इरास्मस र ज्याक ब्रासेलले एक-एक विकेट हासिल गरे । एक सय ६९ रनको लक्ष्य पछयाउँदै नामिबियाले अब केही क्षणमा जवाफी ब्याटिङ थाल्नेछ ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस शृङ्खला दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिदेशीय शृङ्खला हो । शृङ्खलामा टोलीहरुले एक अर्कासँग दुई पटक खेल्नेछन् । नेपालले नामिबियासँग पहिलो खेलमा चार विकेटको हार बेहोरेको थियो भने नेदरल्यान्डलाई ९ विकेटको फराकिलो हार चखाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको