Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्यान्डविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाल ९ विकेटले विजयी

अर्थ संसार

शनिबार, ०५ फागुन २०८०, १३ : ५८ मा प्रकाशित

नेदरल्यान्डविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाल ९ विकेटले विजयी

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्डविरुद्ध शानदार जीत हासिल गरेको छ । 

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपालले टस जितेर बलिङ गरेको थियो । बलिङको निर्णय सही सावित गर्दै नेपालले नेदरल्यान्डलाई ३९ ओभरमा १ सय ३७ रनमा सीमित राख्न सफल भयो । नेदरल्यान्डका लागि स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाउँदा बास डि लिडले २७ रनको योगदान दिए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ विकेट चट्काउन सफल भए भने ललित राजवंशीले दुई तथा रोहित पौडेल र सोमपाल कामीले एक-एक विकेट हासिल गरे ।

नेपालले एक सय ३८ रनको लक्ष्य पछ्याउँदै आक्रामक जवाफी ब्याटिङ गर्यो । ओपनर कुशल भुर्तेलले ११ बलमै २८ रन बनाए भने अर्का ओपनर आसिफ सेखले ४५ बलमा अविजित ५४ रन बनाए । तेस्रो नम्बरमा आएका अनिल शाहले आक्रामक ५७ रन ३६ बलमै बनाउँदै टोलीलाई १५.२ ओभरमै जीत दिलाए । यस सँगै अघिल्लो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको नेपाली टोलीले सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस शृङ्खला दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिदेशीय शृङ्खला हो । शृङ्खलामा टोलीहरुले एक अर्कासँग दुई पटक खेल्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको