Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार दोहोरो अङ्कले घट्यो बजार, कारोबारमा पनि गिरावट

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १५ : २८ मा प्रकाशित

बिहीबार दोहोरो अङ्कले घट्यो बजार, कारोबारमा पनि गिरावट

बिहीबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार पनि घटेको छ ।

बुधबार ५.९१ अङ्कले घटेको सेयरबजार आज भने १४.४६ अङ्कले घटेर २०६२.०३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मैलुङ खोला जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, माहुली लघुवित्त र रिभर फल्स हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत कै हाराहारीमा घट्यो ।

आज उत्पादन समूहको उपसूचक मात्रै ०.१५ प्रतिशतले बढ्यो । आज फाइनान्स समूहको उपसूचक सर्वाधिक २.७१ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक १.६२ प्रतिशत र विकास बैंक उपसूचक १.४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको