Like us!
Follow us!
Connect us!
Watch us!

यस साताको सेयरबजार रिक्याप : नेप्सेमा ३४ अङ्कको गिरावट, लगानीकर्ताले गुमाए करिब ५४ अर्ब रुपैयाँ

अर्थ संसार

शुक्रबार, ०४ फागुन २०८०, ११ : ३३ मा प्रकाशित

यस साताको सेयरबजार रिक्याप : नेप्सेमा ३४ अङ्कको गिरावट, लगानीकर्ताले गुमाए करिब ५४ अर्ब रुपैयाँ

यो साता पाँच दिन नै सेयर कारोबार भएको छ । पाँच दिनमा करिब सवा २० अर्बको कारोबार हुँदा नेप्से परिसूचकमा भने ३४ अङ्कको गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार बजार खुल्दा २०९६.३२ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २०६२.०३ विन्दुमा बन्द भएको हो । बजारमा ३४.२९ अङ्कको गिरावट आए पनि कारोबार भने उत्साहजनक नै रहेको छ । पाँच दिनमा कुल २० अर्ब २३ करोड ८४ लाख ६० हजार दुई सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब चार अर्ब चार करोड ७७ लाख बराबरको कारोबार भएको हो । यो साता आइतबार, मङ्गलबार र बिहीबार बजार घट्दा सोमबार र बुधबार भने बजारमा वृद्धि भएको थियो ।

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २८.८६ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक ३४.१८ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचक भने यो साता २७.१८ अङ्कले वृद्धि भएको छ । फाइनान्स उपसूचक पनि ३६.८९ अङ्कले बढेको छ । अन्य सबै उपसूचकमा गिरावट आएको छ । 

आइतबार बजारको कुल पुँजीकरण ३२ खर्ब ९५ अर्ब २४ करोड रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण ३२ खर्ब ४१ अर्ब ३४ करोड पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ५३ अर्ब ८९ करोड रुपैयाँले गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको